दमक, ३ फागुन–नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर दुई महिने संगठन सुढृढिकरण अभियान सम्बन्धी कार्यक्रमहरु तीब्र गतिमा सञ्चालन भइरहेको छ ।

यसैबीचमा जिल्ला कमिटी झापाको नवौं पूर्ण बैठकले दुई महिने सैगठन सुढृढिकरण अभियानलाई निर्वाचन क्षेत्र स्तरीय बैठकको मिति र जिम्मेवारी तोकिएको छ । जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीका अनुसार पार्र्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर दुई महिने सैगठन सुढढिकरण अभियानका कार्यक्रमलाई निर्वाचिन क्षेत्र स्तरीय बनाइएको हो ।

वहाँले झापा क्षेत्र नै १ मा फागुन ६ गते मेची नगरको काँकरभिट्टामा केन्द्रीय सदस्यद्धय शारदा शर्मा र अशेष घिमिरेलाई जिम्मेवारी तोकिएको छ । क्षेत्र नं २ मा फागुन ६ गते नै बिर्तामोडमा केन्द्रीय सदस्य निलमणी बराललाई जिम्मेवारी तोकिएको छ । क्षेत्र नं ३ मा फागुन ७ गते भद्रपुरस्थित पृथ्बीनगरमा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, झापा अध्यक्ष बेदराज रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तैं, झापा निर्वाचन क्षेत्र नं ४ मा फागुन ८ गते कनकाई नगरपालिकाको सुरुङ्गामा केन्द्रीय सदस्य अशेष घिमिरे र झापा अध्यक्ष बेदराज रेग्मीलाई तोकिएको छ । क्षेत्र नं ५ मा फागुन ८ गते दमकमा पार्टीका पार्टी केन्द्रीय सदस्य धर्मराज पौड्याल र केन्द्रीय सदस्य निलमणी बराललाई तोकिएको छ ।

आज (बिहिबार) बिर्तामोडस्थित नेकपा (एकीकृत समाजवादी) झापाको पार्टी कार्यालयमा नवौं पूर्ण बैठक सम्पन्न भएको हो । सो बैठकमा जिल्ला कमिटी अध्यक्ष बेदरज रेग्मीको अध्यक्षतामा र पार्टी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र वस्नेतको प्रमुख आतिथ्यतमा बैठक सम्पन्न भएको थियो ।

जिल्ला कमिटी झापाका सचिव बिपी भट्टराईका अनुसार आजै सम्पन्न बैठकले फागुन ५ गते शनिबार पार्टी सम्बद्ध अनेमसंघ (अखिल नेपाल महिला संघ) झापा जिल्ला कमिटीले सुरुङ्गास्थित जामुनखाडीमा आयोजना गरेको बनभोज कार्यक्रममा जिल्लाभरीबाट पार्टी सदस्य महिलाहरुलाई सहभागिता गराउने निर्णय गरेको छ । त्यस्तैं, फाग्ुन ७ गते समाजवादी मोर्चा बैठक, किसान महासंघको बैठक, फागुन ११ गते पेसागत महासंघको संयुक्त बैठक बस्ने लगायतको निर्णय भएको जिल्ला कमिटी झापाका सचिव बिपी भट्टराईले जानकारी दिए ।

आजै सम्पन्न बैठकले पार्टीका झापा इन्चार्ज तथा पूर्व सांसद पुष्पराज पोख्रेल र केन्द्रीय सल्लाहकार सदस्य तथा प्रगतिशिल साहित्यकार पुष्यप्रसाद खरेलको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *