बिर्तामोड, ९ भदौ–झापाको झापा गाउँपालिका-३ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । झापा-३ का ७० वर्षीय साइला टुडुको उनकै छोरा २५ वर्षीय सुनिल टुडूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार सोमबार राति करिब ११ः३० बजे छोरा सुनिलले एक्कासी बाँसको भाटाले शरीरका विभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा बुबा साइला गम्भीर घाइते भएका थिए ।

साइलालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकी सुविधा सम्पन्न अस्पतालमा लैजानु भनिए पनि आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कुटपिट गर्ने सुनिल टुडूलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *