काठमाडौं, ४ फागुन–निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने भएको हो।
नियम उल्लंघन गरेका कारण तोकेको जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा जान लागेको आयोगको कानस्न तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले बताए।
‘ती ४१ दललाई अन्तिम एक पटकका लागि जरिवाना बुझाउन निर्देशन दिने र नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, उनले भने।
आर्थिक वर्ष २०७८र७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ।
आधुनिक नेपाल समाजवादी नामको पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एकपटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको आयोगले जनाएको छ।
