दमक, ५ माघ–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी झापाले शनिबार सुरुङ्गास्थित जामुनखाडीमा बनभोजसहित वृहत भेलाको आयोजना गरेको छ । बनभोजसहितको जिल्ला स्तरीय भेलाले पुनः हरिमाया मैनालीको अध्यक्षतामा ५१ सदस्यीय अनेमसंघ जिल्ला कमिटी झापा पुर्नःगठन गरिएको छ ।

कमल गाउँपालिका निवासी मैनालीसहित जिल्ला कमिटीको उपाध्यक्षद्धयमा कुञ्जा रुचाल (भद्रपुर), बिन्दा भट्टराई (बिर्तामोड), सचिवमा देवीमाया बस्नेत मिश्र (शिबसताक्षी) र कोषाध्यक्षमा शुसिला तिवारी (बिर्तामोड) हुनुहुन्छ ।

त्यसैगरी, जिल्ला कमिटीका सदस्यहरुमा कलमा शिवाकोटी, प्रेमकुमारी बाँस्तोला, कल्पना पोखरेल, भगवती दर्जी, चानवती राजवंशी, नानुमैया राई, मिरा प्रधान, कल्पना खनाल, हरिमाया सञ्जेल, लक्ष्मी आचार्य, हेमकला कुमाल, मनमाया भुजेल, करुणा राजवंशी, बिष्णुमाया पाठक, बिमला देबकोटा, सुनिता नेपाल, चन्द्रकला दर्जी, सिर्जना घिमिरे, तारा श्रेष्ठ, बिमला अधिकारी, पुजन श्रेष्ठ, सुस्मिता भण्डारी, जयन्ती देबी यादब, तारा थापा, सिता खड्का छन् । कमिटीमा खाली रहेका सदस्य पदमा आगामी बैठकले मनोनीत गरिने भएको छ ।

सोही भेलाले अनेमसंघ कमल गाउँकमिटी समेत गठन गरिएको छ । १५ सदस्यीय कलम गाउँ कमिटीको अध्यक्षमा अनिता सुनुवार रहनुभएको छ भने सदस्यहरुमा तुलशा पाण्डे, टीका पाण्डे, अस्मिता (हेमन्ता) लामिछाने, कल्पना चापागाई, बिना बस्नेत, गोमा भुजेल, पार्वता राई, सस्मिता ताजपुरिया, कल्पना बाराकोटी रहनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज चन्द्र श्रेष्ठले अनेमसंघ जिल्ला कमिटी झापा र कमल गाउँ कमिटीको नामावली घोषणा गर्नुभएको हो । सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य भाष्कर काफले, केन्द्रीय सदस्य तथा दुई महिने संगठन सुढृढिकरण अभियान अन्तर्गत झापाका अभियान्ता धर्मराज पौडेल, अनेमसंघकी केन्द्रीय सदस्य अम्बिका उप्रेतीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य नीलमणी बराल, जेष्ठ कम्युनिष्ट समाजका सदस्य देवी बराल, केन्द्रीय परिषद सदस्य रमा खवास, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, युवा संघ नेपालका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल, युवा संघ झापाका सचिव तथा नेकपा (एकीकृत समाववादी) कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, दमक नगर इन्चार्ज हरिप्रसाद नेपाल, नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगरका नेता सोमनाथ गुरागाई लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *