बिर्तामोड, ६ माघ–झापाका आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले युवराज बोहोरालाई नेत्र सहायक समितिको अध्यक्षमा चयन गरेका छन् । नेत्र सहायक समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवासी र कोषाध्यक्षमा सञ्जु अर्याल चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरुमा योगेन्द्र राउत, होम धिताल, निशा संग्रौला, रोमा फियाक, क्रिस्टिना सुुब्बा, निरज दाहाल र सरु थापा चयन भएका हुन् । यता सल्लाहकार समितिको संयोजकमा मनोज उपाध्यय चयन भएका छन् ।

मेमलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रम कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कविता कार्की कडरियाले स्वागत गरेको कार्यक्रममा प्रमुख आतिथि भण्डारीसहित विनोद दाहाल, भवानी पाठक, मनोज उपाध्यायलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *