काठमाडौँ, ६ माघ–समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव विप्लव सी बन्नु भएको छ। आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक तोकेको हो।

बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालकाअनुसार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वठैकले विप्लवलाई संयोजक तोकिएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपाको संयुक्त मोर्चा घोषणा गरिएको थियो।

चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमतिअनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र त्यसपछि माधवकुमार नेपालले सम्हाल्नु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *