दमक, ९ भदौ–झापाको दमकमा आज एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दमकमा एक जनासहित झापामा ८ जनामा संक्रमण देखिएको छ । जिल्लाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा बिराटनगरमा बस्ने दमक १० का २५ बर्षीय पुरुष रहेका छन् ।त्यस्तै संक्रमित हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं १ का ५० वर्षिय पुरुष भरतपुर क्यान्सर हस्पिटलबाट फर्केका थिए । आफन्तको उपचार गराउन गएका ती ब्यक्तिलाई भरतपुरबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले बताए ।

त्यस्तै भद्रपुरमा एक प्रहरीसहित तीनजना संक्रमित हुनेमा विराटनगरबाट सरुवा भएर भद्रपुरको ५ नं वडा प्रहरी कार्यालय आएका पुरुष प्रहरी रहेका छन् ।

त्यस्तै, भारतबाट फर्केर मेची बहुमुखी होल्डिङ सेन्टरमा बसेका धनुषाका एक पुरुष तथा काठमाडौंका एक महिला र अर्का पुरुषमा संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *