काठमाडौं, ९ भदौं–नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *