धरमपुर, ९ भदौं–झापाको क्षेत्र नं ४ प्रदेश निर्वाचन (क) अन्तर्गत शिबसताक्षी नगरपालिकासहित दक्षिणी गौरिगञ्ज गाउँपालिकाको वडा नं १ माहाभारा, वडा नं २ कोरोबारी र गौरादह नगरपालिकाको वडा नं ९ बैगुनधुरामा ८ वटा सामुदायिक भवनहरु निर्माण हुने क्रममा रहेको छ । प्रदेश निर्वाचन क्षेत्र भौतिक पूर्वाधारतर्फ आर्थिक वर्ष २०७८।०७७ अन्तर्गत रु १ करोड ५९ लाखबाट ८ वटा सामुदायिक भवनहरु निर्माणधिन अवस्थामा रहेको हो ।
निर्मााधिन अवस्थामा रहेका यी सामुदायिक भवनहरुमध्ये शिबसताक्षी–६ शिबगञ्जस्थित धनञ्जय कृषक समुहबाट सञ्चालन हुने शिबगञ्ज सामुदायिक भवन समुद्घाटनको तयारीमा छ । यससंगै, शिबसताक्षी–१ धरमपुरमा निर्माणधिन धरमपुर बहुपयोगी सामुदायिक भवन निर्माणधिन भवनहरुबीच ठूलो सामुदायिक भवन हुने भएको छ । यस भवनमा खर्च लागतको दृष्टिकोणले समेत ठूलो बजेट मानिएको छ ।
आर्थिक बर्ष २०७६।७७ मा रु २५ लाख बजेट छुट्टिएको थियो । तर, यसवर्ष लगातारको लकडाउनले रु २० लाख मात्रै बजेट प्राप्त भएको छ । सो भवन निर्माण सम्पन्न हुदाँसम्म करिव एक करोड खर्च हुने अनुमान गरिएको छ ।
निर्माणधिन बहुपयोगी सामुदायिक भवन धरमपुरको स्थलगत अवोलकन तथा अनुगमन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश क्षेत्रिय सदस्य रोशन थोप्रा, नेकपा शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, प्रदेश सांसद झलकसिंह दर्लामीका स्वकीय सचिव एबम् नेकपा शिबसताक्षीका नेता दुर्गा नेम्बाङले सो सामुदायिक भवनको अवोलकन गरेका छन् ।
पूर्वपश्चिम लोकमार्गको धरमपुर चौकदेखी दक्षिण शुक्रबारे बजारबाट नजिकै अपरलेलिया सिचाईको कार्यालय प्रयोजनका निम्ति हुने छ । ४ कठ्ठा १० जमिनमा रहेको भवन १ सय २० मिटर लम्बाई र ४० फुट चौढाई छ । भवन अपाङमैत्री हुने छ । सो भवनमा १२ सय जना मान्छेहरु बस्न सक्ने हुने र अपाङमैत्री सौचालय बाहिर हुने र सवारी साधन पार्किङको निम्ति पर्याप्त स्थान हुनेगरी भवन निर्माण गरिएको स्थानीयवासी समेत नेकपा वडा कमिटि सचिव नेत्र नेम्बाङले बताए ।
यता, शिबसताक्षी-११ झिलझिलेस्थित सामुदायिक भवन, वडा नं ११ मै सतासीधाम सामुदायिक भवन, वडा ११ मा विरान सामुदायिक भवन, वडा नं ६ मा शिबगञ्ज सामुदायिक भवन, वडा नं १० मा शिबालय सामुदायिक भवन, गौरादह–९ मा बैगुनधुरा सामुदायिक भवन, गौरिगञ्ज–१ मा माहाभारा सामुदायिक भवन र वडा नं २ मा कोरोबारी सामुदायिक भवन निर्माणधिन अवस्थामा छ । यी भवनहरु आर्थिक बर्ष २०७७।०७८ मा निर्माणकार्य पुरा हुने प्रदेश सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङले जानकारी दिए ।
स्वकीय सचिव नेम्बाङका अनुसार भवन निर्माण भए पश्चात शिबसताक्षी–१ र २ लाई ठूलो टेवा पुग्ने छ । उनले यी सामुदायिक भवनहरुले समाजमा धार्मीक, साँस्कृतिक, राजीतिक लगायत बिद्यालय, सहकारी, स्थानीय संघसंस्था, क्लबहरुसँगै अन्य सवै खाले गतिविधिहरु सञ्चालन गर्न वा गराउन सहज हुने बताए ।
