काठमाडौं, १० भदौं–धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जनाको निधन भएको छ। भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय कोरोना संक्रमितको मंगलबार राति निधन भएको हो। मंगलबार राति ११ः५५ बजे कोरोना संक्रमित ब्यक्तिको उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बताए।
तीन दिन अघि अस्पतालमा भर्ना भएका उनलाई परिक्षणको क्रममा कोरोना देखिएको थियो। कोरोनासँगै मुटु र थाइराइडको उपचार गराइरहेको अवस्थामा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ।
यो सँगै कोरोनाबाट काभ्रेमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ जनाको मृत्यु भइसकेको छ। काभ्रेमा मात्रै संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।
