एजेन्सी (काठमाडौं), १० भदौं–बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लिओनल मेसीले क्लब छाड्न चाहेको बताएका छन्। कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन्। उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको जनाइएको छ। मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन्।

मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ। मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । तर च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने मनसाय बनाएका हुन्। च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक किकेट सेटिएन बर्खास्तमा परेका थिए। उनको स्थानमा क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बनेका छन्।

मेसीले नयाँ प्रशिक्षक कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि आफू क्लब भित्रको भन्दा क्लब बाहिरको धेरै भएको जस्तो लागेको बताएका थिए। मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको छ। मेसीले आफ्नो सम्झौता रद्द गर्न क्लबसँग आग्रह गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *