काडमाडौं, १० भदौ–साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल मंगलबार विरगञ्ज आइपुगेको छ। बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए।

‘हामीले कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएका छौं, त्यसैअनुसार वितरण गर्छौं,’ उनले भने।

मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा वितरण गरिने छ।

१३ सय टन युरिया मल विराटनगरका लागि हिडेको छ। त्यसमध्ये ६ सय टन मल विराटनगरमा आइपुगेको उनले जानकारी दिए।

कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल कलकक्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएको थियो।

लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू गरेको छ। करिब ३ हप्तामा सबै मल कलकत्ताबाट हिडिसक्ने कर्पोरेशनका प्रवक्ता भण्डारीले बताए।

त्यसपछि भने कृषि सामाग्री कम्पनी लिमिटेडको मल आउन सुरु हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ।

कर्पोरेशनले लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मल मध्ये ६ हजार टन काम नलाग्ने भएकाले नल्याइएको जानकारी दिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *