काठमाडौँ, १० भदौ–नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १६ सहित खोटाङमा १, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३, काठमाडौँमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २ र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १, कास्कीमा ४, गोरखामा १, नवलपरासीमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पामा १, जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डढेलधुरामा २ तथा डोटीमा २ जना संक्रमित थपिएका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *