हङ्‍कङ, १० भदौं–हङ्‍कङमा प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ परेका छन् । सरकार विरोधी प्रदर्शन गरेको र प्रजातन्त्रको समर्थन गरेको आरोपमा उनीहरुलाई प्रकाउ गरिएको जनाइएको छ ।

डेमोक्रेटिक पार्टीका सांसदहरु लाम चुक(तिङ र टेड हुइ ची(फुङ बुधबार बिहान उनीहरुको घरबाटै पक्राउ परेको बीबीसीले जनाएको छ ।

सांसद लामलाई जुलाई २०१९ मा भएको दंगामा संलग्‍न भएको आरोप लगाइएको छ । सन् २०१९ मा भएको दंगामा घाइते भएका दर्जनौं प्रदर्शनकारीमध्ये उनी पनि एक थिए ।

प्रहरी स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार बुधबारको अप्रेसनअन्तर्गत दुई सांसदसहित १६ जनालाई पक्राउ गरिएको छ ।

बेइजिङका आलोचकसमेत रहेका मिडिया सञ्‍चालक जम्मीलाई पक्राउ परेको दुई सातापछि सांसदलाई पक्राउ गरिएको हो । लाईलाई विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत चीनको विरोध गरेको र विदेशीसँग साँठगाँठ गरेको आरोपमा पक्राउ गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *