भद्रपुर, १० भदौं–प्रहरीले चलाएको गोली लागेर घाइते भएका रसिफुल आलमको मृत्यु भएको छ। झापा गाउँपालिका ३ बस्ने ३८ वर्षीय आलमको उपचार क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ।

मृतक आलमको ढाडमा दुई गोली लागेको थियो। साबिक टाघनडुब्बा गाविस हाल झापा गाउँपालिका ३ कामाटोलीमा गाईको बाछो काट्दै गरेको अवस्थामा प्रहरीले बाछोको मासुसहित सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई नियन्त्रणमा लिएको थियो। गाउँले नियन्त्रणमा लिएका व्यक्तिलाई लैजाने नदिने भन्दै प्रहरीमाथि आक्रमण गरेका थिए ।

गाउँले नेपाल प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी र सशस्त्रका एक जवानलाई हातपात गर्दै प्रहरीको राइफल खोस्न खोजेपछि प्रतिकारमा प्रतिकारमा प्रहरीले हवाई फायर गरेका थिए। सोही क्रममा आलमलाई गोली लागेको थियो। घटनास्थल तनावग्रस्त बनेपछि थप जिल्लाबाट थप प्रहरी टोली पुगेको छ।

दिउँसो ३ बजे बाछोको मासुसहित आलमद्वयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई जिल्ला ल्याउने क्रममा साँझ साढे ६ बजे दुवै पक्षबीच झडप भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *