काठमाडौं, ११ भदौं–नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कोरोनाका कारण सातवटै प्रदेशमा संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश–२ मा सबैभन्दा धेरै ७३ कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा २० संक्रमितको ज्यान गएको गइसकेको छ । सुदूरपश्चिम प्रदेशमा १० संक्रमितको मृत्यु हुँदा वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ८ र प्रदेश ५ मा २३ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मात्रै ११ कोरोना संक्रमितको ज्यान गएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगिसकेको छ । यसमध्ये १९ हजार ५०४ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका अनुसार हाल १४ हजार ७३९ आइसोलेसनमा र ९ हजार ८३२ क्वारिन्टनमा छन् । हालसम्म ६ लाख ३५ हजार २५२ जनाका पीसीआर परीक्षण गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *