काठमाडौं, ११ भदौं–भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३२ लाख ३४ हजार ४७४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १५१ संक्रमित थपिएका छन् ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *