काठमाडौं, ११ भदौं–अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बाढी पहिरोमा ५ सय भन्दा बढी घरहरु ध्वस्त भएका छन् भने सयौं सवारीसाधन पुरिएका छन् । उद्धार कार्य धमाधम भइरहेको छ भने प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बाढी प्रवाभित क्षेत्रहरुमा आपतकाल घोषणा गर्न र पीडितहरुलाई उचित राहत दिन निर्देशन दिनुभएको छ । एजेन्सी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *