एजेन्सी, ११ भदौं–वेस्ट इन्डिज क्रिकेटर ड्वाने ब्राभाले टी-ट्‌वान्टी क्रिकेटमा कीर्तिमान बनाएका छन् । उनले टी-ट्‌वान्टी क्रिकेटमा पाँच सय विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्दै यो आँकडा पूरा गरेका हुन् । सेन्ट लुसिया जुक्सका ब्याट्सम्यान रहकिम कार्नवाललाई पेभिलियन फर्काउँदै पूरा गरेका थिए ।

ब्राभोले सबै खाले ४५९ टी-ट्‌वान्टी खेल खेल्दै पाँच सय विकेटको कीर्तिमान स्थापित गरेका हुन् । ब्राभोले टी-ट्‌वान्टी क्रिकेटका सबैभन्दा बढी पटक किरोन पोलार्डलाई आउट गरेका छन् । पोलार्डलाई उनले ९ पटक पेभिलियन फर्काएका थिए ।

उनी आईपीएलका दुई सिजनमा पनि सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा थिए । सन् २०१३ मा चेन्‍नई सुपर किंग्सका लागि खेल्दै उनले सर्वाधिक ३२ विकेट लिएका थिए । त्यस्तै २०१५ मा चेन्‍नईबाटै सर्वाधिक विकेट लिएका थिए । २०१५ मा उनले २६ विकेट लिएका थिए ।

बंगलादेश प्रिमियर लिग, बिग ब्यास र च्याम्पियन्स लिग टी(ट्‌वान्टी क्रिकेटमा विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका ब्रोभो सीपीएलको दुई सिजनमा पनि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *