एजेन्सी, ११ भदौं–प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्‍यारी मग्वायरले ग्रिकको अदालतले सुनाएको जेल सजायप्रति अपिल गर्ने बताएका छन् ।

उनले आफू निर्दोष हुँदा पनि जेल सजाय सुनाइएकामा अपिल गर्ने बताएका हुन् । ग्रिक अदालतले मग्वायरलाई आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध दोषी ठहर गरेको थियो । उनलाई अदालतले २१ महिना १० दिनको जेल सजाय सुनाएको थियो ।

सजाय सुनाएसँगै मग्वायर राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई टिम बाहिर गरेका हुन् ।

ग्रिक आइल्यान्डको माइकोनोसको एक बारमा झगडा गरेपछि मग्वायर शुक्रबार राति पक्राउ परेका थिए । मग्वायर बारबाहिर भएको झगडामा संग्लग्‍न भएको ग्रिक प्रहरीले दाबी गरेको छ । मग्वायरले आफू निर्दोष रहेको बताउँदै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *