काठमाडौं, ११ भदौं–प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १३ सय ५१ पुगेको छ । जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित छन् ।

५ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १६३ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १८५, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ५०, गण्डकीमा ३०, प्रदेश ५ मा ९३ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *