झापा, ११ भदौ-झापा र पाँचथरका दुई स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधबारर दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका–४ बस्ने ४५ वर्षीय श्रीप्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा विद्युत्को तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका काम्बाङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी राईलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
