दमक, ११ भदौ–प्रदेश १ मा आज कोरोना भाइरसका ९० जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका समान १ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा २० महिला र १८ पुरुष गरी ३८ जना संक्रमित थपिएका छन्। त्यसैगरि मोरङको कटहरी गाँउपालिकामा ३ महिला र ४ पुरुष र सुन्दरहरैंचा नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवी नगरपालिकामा ४ महिला र ८ पुरुष, इटहरी उपमहानगरपालिकामा २ महिला र ८ पुरुष, गढी गाउँपालिकामा २ महिला र २ पुरुष, रामधुनी नगरपालिकामा ४ पुरुष, बर्जु गाँउपालिकामा ३ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र २ पुरुष, इनरुवा नगरपालिकामा १ महिला र १ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ।

पहाडी जिल्ला संखुवासभाको खाँदबारीमा ४ पुरुष, इलामका इलाम नगरपालिकाका १ महिलामा समेत संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ। यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *