दमक, १२ भदौं–कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए।

८३ वर्षीय ती वृद्धका दुवै मिर्गौला फेल भएको र लामो समयदेखि उपचारका क्रममा रहेको थुलुङले बताए। उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए। उनी समुदाय स्तरमा कोरोना देखिने गाउँपालिकाका पहिलो व्यक्ति पनि थिए। उनीपछि कन्ट्याक ट्रेसिङ गर्दा उनकै परिवार सदस्यलगायत अन्य समुदायका व्यक्तिमा पनि कोरोना देखिएको थियो।

यसअघि कोरोनाका कारण दमक नगरपालिकाका एक व्यक्तिको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। तर, उनी कोरोना संक्रमण देखिनु अघि नै काठमाडौंमा रहेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *