एजेन्सी (काठमाडौं), १२ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार ६७० कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा निकै धेरै हो ।
अघिल्लो २४ घण्टामा २ लाख १० हजार १८३ कोरोना संक्रमितको पहिचान भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
कोरोनाका कारण हालसम्म ८ लाख २१ हजार ४६२ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४० लाख २१ हजार २१८ पुगेको छ ।
