बेची लुंगेली

काठमाडौँ, ७ बैशाख–मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ।

मुख्यमन्त्री यादवले एकीकृत समाजवादीबाट एक जना र माओवादीबाट दुई जना मन्त्री नियुक्त गर्नु भएको छ।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एकीकृत समाजवादबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गर्नु भएको हो।

साह महोत्तरी निर्वाचन क्षेत्र नं १ (२), भट्टराई रौतहट ४ (१), र लुङ्गेली सर्लाही निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित प्रदेश सभा सांसद हुनुहुन्छ।

साह यसअघि मन्त्री समेत भइसकेका छन् । भने बाँकी दुबै जना पहिलो पटक मन्त्री बन्नुु भएको हो। आजै साढे तीन बजे प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथ ग्रहणको तयारी गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *