एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

रौतहट, ७ बैशाख–पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिनु भएको छ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले नेकपा ९एकीकृत समाजवादी० लाई सानो दल वा कमजोर ठान्ने भुल गर्यो भने त्यो सह्य नहुने चेतावनी दिनुभयो।

‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यताअनुसार अगाडि बढेका छौँ।’ उहाँले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पार्नुभयो।

उद्घाटन समारोहमा नेता नेपालसँगै पूर्वमन्त्री डा।वंशीधर मिश्र,पूर्वसांसद कल्याणी खड्का, संविधानसभा सदस्य सरला यादव, प्रदेशका विना विभागीय मन्त्री बेची लुङ्गेली, प्रदेशसभा सदस्यद्वय नागेन्द्र साह र किशोरीदेवी दास, मेयर शम्भु साह, राजदेवी नगरपालिकाका मेयर भिखारी यादव लगायत उपस्थित थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *