एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, ८ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकार कायम रहेको बताउनु भयो।

शनिबार राजधानीको डिल्लिबजारमा स्थित नेपाल साँस्कृतिक संघको सभाहलमा आयोजित कोशी सम्पर्क प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले ओलीमा व्यक्तिवाद हावी भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहररू गरेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ। आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ। ज्युँदै फेरि। पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो। मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो। मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो।’

नेकपा एमालेको खेलकुद संगठनले केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरु नजन्मिएको दाबी गर्नुभयो। ओलीले पार्टीमा धेरैलाई मानमर्दन गरेको नेपालले बताउनु भयो।

उहाँले अगाडि भन्नुभयो,‘समाजमा सम्बन्धहरु किन बिग्रन्छन्रु किनभने व्यवहार गर्न नजानेर।अहंकार बोकेर। अरुको मानमर्दन गरेर। अनि अरुलाई दास सरह व्यवहार गरेर ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *