दुधे, १२ भदौं–झापाको शिवसताक्षी नगरपालिकाका १४ जना विद्यार्थी युवाहरु राप्रपा प्रवेश गरेका छन् । बिहीबार एकै दिन १४ जना युवा बिद्यार्थीहरु नेपाली कांग्रेस पार्टीं, नेकपा मावोबादी (बिप्लव), नेकपा त्यागी राप्रपा प्रबेश गरेका हुन् ।

सुमन राईको नेतृत्वमा शिवसताक्षी नगरपालिकाका १४ जना युवा बिद्यार्थीहरुलाई पार्टी महामन्त्री तथा प्रतिनिधिसभा सांसद राजेन्द्रप्रसाद लिङ्देनले सदस्यता प्रदान गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवसताक्षी नगर अध्यक्ष मणि खड्काको अध्यक्षतामा बसेको अगुवा कार्यकर्ता बैठकमा पार्टी महामन्त्री तथा प्रतिनिधिसभा सांसद माननीय राजेन्द्रप्रसाद लिङ्देन प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा जिल्ला सचिव केशव प्रसाद ओझा, राष्ट्रिय प्रजातन्त्र बिद्यार्थी संघ (राप्रविसं) झापा जिल्ला सह-सचिव चक्र फुयालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *