काठमाडौँ, ९ बैशाख–झापाका अग्रज पत्रकार दिपिन राई यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट नगदसहित पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा फोनिजका पूर्व संघीय उपाध्यक्ष राईलाई सम्मान प्रदान गरिएको हो ।

फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मानको राशि २५ हजार रुपैयाँ रहेको छ । राईसँगै फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरियो । फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरका अनुसार सो पुरस्कारको राशि पनि २५ हजार रुपैयाँ रहेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक अन्तर संवाद कार्यक्रमका बीच संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उक्त दुवै पुरस्कार र सम्मान हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा मन्तब्य राख्दै मन्त्री चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने औंल्याइन् । चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उनले आग्रह पनि गरेकी थिइन् ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *