काठमाडौं, १० बैशाख–नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सोमबार शुरु हुँदै छ। महाधिवेशनबारे सहमति हुन नसकेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ।

महासंघको विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।

महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको संगठनका महासचिव हंसबहादुर शाहीले आरोप लगाए।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *