चुलाचुली (इलाम), १० बैशाख–संविधानसभाका अध्यक्ष तथा इलाम २ का प्रतिनिधिसभा सदस्यका माननीय सुवासचन्द्र नेम्बाङको निधन भएपछि खाली भएको स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

सोही उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न राजनीतिक दलहरु चुनवाीस्र्धामा छन् । एकीकृत समाजवादीको तर्फबाट जीतबहादुर राई इलाम–२ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका छन् । उम्मेदवार राई, इलामको माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष (प्रमुख) हुन् ।

त्यसैगरी, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (विप्लब) तर्फबाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, पहिचान पक्षधरको तर्फबाट डगेन्द्रसिंह थेगिम लिम्बू आ–आफ्नै एजेन्डाहरुसहित चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।

यसैक्रममा आज (सोमबार) नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्ह्र कलम अंकित झण्डासहितको एक टोली चुलाचुली गाउँपालिकाको विभिन्न वडा र गाउँ–टोलमा पुगेर चुनावी प्रचारप्रसार सम्पन्न गरेका छन् । चुलाचुलीस्थित एकीकृत समाजजादीका केन्द्रीय परिषद सदस्य मिसन चाम्लिङ राईका अनुसार अनुसार गाउँपालिकाको वडा नं १ देखि २, ३ र ४ को वडास्तरीय र टोलस्तरीय घरदैलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ । वहाँका अनुसार वडाको मुख्य चौक र बजारहरुमा कलम चिन्ह्र अंकित झण्डा राख्ने कार्यहरु भइरहेको र स्थानीय मतदाताहरुबीच नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार जीतबहादुर राईको भेटघाट यसअघि सम्पन्न भएको बताउनुभयो ।

यता, चुलाचुलीमा चुनावी लक्षित कार्यक्रमहरुमा पार्टीका केन्द्रीय उपाध्यक्ष जयन्ती राई, पूर्व मुख्यमन्त्री समेत पार्टीका केन्द्रीय सचिव राजेन्द्र राई, पूर्व प्रदेशसभा सदस्य तथा केन्द्रीय सदस्य बिद्ययादेवी चाम्लिङ लगायतको टोलीले मतदाताहरुलाई भेटघाट गरिसक्नुभएको चुलाचुली गाउँ कमिटी अध्यक्ष नारायणसिहं लावोतीले जानकारुी दिनुभयो ।

त्यस्तैं, आज (सोमबार) चुलाचुलीमा चुनावी प्रचारप्रसारमा सहयोग गर्ने उदेश्यले पार्टी झापा जिल्ला कमिटीको एक टोली पुगेका छन् । पार्टी केन्द्रीय सदस्य तथा झापा सहईन्चार्ज निलमणी बराल, जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीसहित अनेमसंघ झापा अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य हरिमाया मैनाली, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, समाजवादी प्रेष संगठन केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी कार्यालय सदस्य अनिलदेब राईले चुलाचुलीका पार्टी नेतृत्वसंग भेट्नका साथै चुनवाी प्रचारप्रसार टोलीलाई भेटघाट गनुर््भएको छ ।

सो क्रममा झापाको टोलीले स्थानीय कमिटीलाई कलम अंकितको २ सय ५० थान झण्डा हस्तान्त्रण गर्नुभएको छ । सो झण्डा पार्टी केन्द्रीय सदस्य निलमणी बराल र झापा अध्यक्ष बेदराज रेग्मीले केन्द्रीय परिषद सदस्य तथा चुलाचुलीका नेता मिसन चाम्लिङ राईसहित स्थानीय टोलीलाई हस्तान्त्रण गर्नुभएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *