कनकाई, ११ चैत–झापाको कनकाई ३ सुरुङ्गामा विशेष पुजा अर्चनासहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाएको छ ।

कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कनक्काई सुरुङ्गाका सस्था द्वय पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज मंगलबार हनुमान जन्मजयन्तीको अवसरपारी कार्यक्रमको आयोजना गरिएको आयोजक सस्था द्वयले जनाएका छ्न।

कनकाई उद्योग वाणिज्य संघको उत्तरमा रहेको हनुमान मन्दिरमा पाठ– पारायण गर्दै बिहान् १०बजे बाट हनुमानजिको तस्बिर ९ब्यानर , झन्डा ० सहित सयौंको संख्यामा रहेका सहभागीहरुले सुरुङ्गा बजारभरि निशान यात्रा विशेष झाँकी, श्रीराम भजन गित संगित सहित सुरुङ्गा बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै फर्की महाप्रसाद ९भण्डारा० पुजा पाठ पारायण प्रसाद तथा हनुमान चालीस पुस्तक वितरण समेत गरिएको थियोे ।

मन्दीर परिषरमा आयोजक संस्था पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वरचन्द्र गोयलको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा कनकाई वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , वडा सदस्य गोविन्द सुवेदी , अनिलकुमार गोयल, ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रवीण भट्टराई , ट्राफिक प्रहरी कार्यलय सुरुङ्गा प्रमुख टङ्क प्रसाद दाहाल लगायको उपस्थिति रहेको थियोे ।

आज दिनभरी मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पुजनसहित संचालन भएको हनुमान जयन्तीमा गुरु पुरोहितहरुको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन समेत गरेको थियोे ।कार्यक्रमको अवसरमा सहभागीहरुलाई १ सय ५० बढी हनुमान चालीस पुस्तक वितरण गरिएको आयोजक सस्थाका सदस्य सचिन वंशलले जानकारी दिनुभयो ।

अहिले सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम रामायण पाठ, अष्टयाम संकीर्तन संचालन भईरहेको जनाएको छ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा कर्मी लगायत करिव २ सय बढी भक्तजनको सहभागी रहेकोे थियोे । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्तले हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने जन विश्वास पनि रहेको छ । यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाएको छ ।

यसैबीच , कार्यक्रम कै अवसरमा मुस्लिम समाज सुरुङ्गाका युवाहरूबाट निशुल्क पानी पनि वितरण गरिएको थियोे । सयौंको संख्यामा रहेका सहभागीहरुलाई लक्षित गर्दै मुस्लिम समाज सुरुङ्गाका युवाहरूबाट सुरुङ्गा चोकमा पानी वितरण गरिएको हो।
सारा नेपाली हामी एक हौं । कुनैपनि धर्म जात जाती फरक हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दै मुस्लिम समुदायबाट अन्य धर्मवलम्वीहरुलाई यो तातो मौषममा पानी नै मात्रै वितरण गरेर भएपनि सहभागी भएको मुस्लिम समाज सुरुङ्गाका युवाहरूको भनाई रहेकोे थियोे ।

पछिल्लो समय विराटनगर र धरानमा भएको खटपटीले ईन्दु र मुस्लिम समुदायमा बेमेलको स्थिति सृजना भएछ भन्ने आम नागरिकको सोचलाई पनि चिर्न उहाँहरुको यो कार्यको चारैतिरबाट प्रसंशा भएको छ।

कार्यक्रममा सहभागी अधिकासले केही सिक्नु पर्छ भने कनकाई सुरुङ्गाबाट सिक्न पनि आग्रह गर्नुभएको थियोे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *