काठमाडौं, १२ भदौं–जापानमा सबैभन्दा लामो समयसम्म कार्यकारी पद सम्हालेका सिन्जो आवेले पदबाट राजीनामा दिएका छन्। केही समयदेखि खराब स्वास्थ्य र बिरामीका कारण उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। यसअघि जापानको राष्ट्रिय प्रसारक एनएचके च्यानलले शुक्रवार बिहानै आबे राजीनामा पूरा तयार रहेको जनाएको थियो। उक्त रिपोर्टमा सिन्जो आबे आफ्नो बिग्रँदो स्वास्थ्य स्थितिका कारण सरकारलाई समस्याबाट बचाउन यो निर्णयमा पुगेको उल्लेख थियो।

हालै मात्रै एक अस्पतालमा दुई पटकसम्म पुगेपछि उनको स्वास्थ्यमा केही न केही समस्या भएको अड्कल काटिएको थियो। अस्पताल धाउन थालेसँगै उनको प्रधानमन्त्री पदबारे अनेक प्रश्‍न उठ्न थालेका थिए। उनले अस्पाल जानुपरेको कारण बताएका थिएनन्। एक पटक त उनी आठ घण्टासम्म अस्पतालमै बसेका थिए। उनको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी एलडीपीका अधिकारीहरुले राजीनामाको अड्कल खारेज गरिदिएका थिए।

मंगलवार मात्रै उनका एक सहयोगीले रोयटर्ससँग कुरा गर्दै आबे पूरा कार्यकाल प्रधानमन्त्री नै रहने बताएका थिए। एलडीपीका ट्याक्स प्यानल प्रमुख अकिरा अमारीले यस कुराको खण्डन गर्दै प्रधानमन्त्रीले आमचुनाव गर्न चाँडै तल्लो सदन भंग गर्ने बताएका थिए। उनी आफ्नो पुरानै रोग अल्सरेटिभ कोलाइटिससँग जुधिरहेका छन्। सिन्जो आबेले आफ्नो राजीनामा र बिरामीबारेमा शुक्रबारै पत्रकार सम्मेलन गरेर बताउने भएका छन्। उनले त्यहीँ देशबासीलाई पनि सम्बोधन गर्ने भएका छन्।

जापानको सत्तारूढ पार्टीका अधिकारीले भने सिन्जो आबेको स्वास्थ्य ठीक रहेको बताएका थिए। तर अस्पताल लगातार धाइरहेपछि उनी सेप्टेम्बर २०२१ सम्म पदमै रहिरहनेमा अड्कलबाजी सुरु भएको थियो। कोरोना भाइरसको महामारीसँग जुध्‍न नसकेको भन्दै आबेको आलोचना भइरहेको थियो। यसका अलावा उनको पार्टीका सदस्यमाथि लागेको स्क्यान्डलको आरोपका कारण पनि उनी घेराबन्दीमा थिए।

कोरोना भाइरसको महामारीका कारण जापानको अर्थव्यवस्थाको हालत ऐतिहासिक रूपमा तल्लो स्तरमा पुगेको छ। तर आबेले अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउने बाचा गरेका थिए। जापानको कानुन अुनसार आबे आफ्नो भूमिका निर्वाह गर्न नसकेको अवस्थामा एक अस्थायी प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन्। जसलाई पदमा रहिरहने निश्‍चित सीमा तोकिएको छैन।

आबेपछि जापानमा वित्त मन्त्रीसमेत रहेका उप-प्रधानमन्त्री तारो आसो प्रधानमन्त्रीका पहिलो दाबेदार हुन्। उनीपछि प्रमुख क्याबिनेट सेकेटरी योशिहिदे सुगा पनि प्रधानमन्त्रीका दाबेदार हुन्। कार्यकारी प्रधानमन्त्रीले आकस्मिक चुनावको घोषणा गर्न सक्दैनन्। तर जबसम्म नयाँ पार्टी नेता र प्रधानमन्त्रीको चुनाव हुँदैन तबसम्म सन्धि र बजेट जस्ता मामिलामा नेतृत्व गरिरहन सक्छन्। उनले यस क्रममा आफ्ना महान काका आइसाकु सातोद्वारा आधा शताब्दी पहिले तय गरेको सबैभन्दा लामो कार्यकालको रेकर्डमा पनि बराबरी गरेका छन्।

यसअघि सन् २००७ मा सिन्जो आबेले प्रधानमन्त्री पदबाट अचानक राजीनमा दिएका थिए। मनत्रिमण्डलमा घोटालाको आरो पालगेपछि एकपछि भएको निर्वाचनमा उनको पार्टीले ठूलो क्षति व्यहोरेको थियो। त्यसपछि उनको स्वास्थ्य बिग्रिएको थियो। आबे त्यही बेलादेखि आफ्नो उपचारमा जुटिरहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *