काठमाडौं, १२ भदौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्‍ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई सचिवालय सारिएको हो। ओली-दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदल बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ।

पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्षद्वयले महासचिव बिष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले दिएको १५ पेज लामो प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरिरहेका छन्। कार्यदलले शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल गर्न भोलि शनिबारका लागि सचिवालय बैठक डाकिको थियो। अध्यक्षद्वयले निर्माण गरेको कार्यदलले ओलीले प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्रीको जिम्मेवारीमा सम्हालेर सरकारको काममा केन्द्रित हुने उल्लेख छ।

यता अध्यक्ष दाहाललाई कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ। प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्षले नेकपा आन्तरिक कलहमा फसेको थियो। त्यसपछि कार्यदलले ओली-दाहाल कार्यअधिकार बाँडफाँटसहित विवाद निरुपणको उपाय सुझाएको हो।

यद्यपी वरिष्ठ नेता माधवकुमार नेपालले भने पार्टीमा एक व्यक्ति एक पद लागू हुनै पर्ने अडान राखिरहेका छन्। नेता नेपालले उठाउँदै आएको ‘एक व्यक्ति, एक पद’को एजेण्डा भने प्रतिवेदनमा नअटाएको छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *