कैलाली, २२ बैशाख–कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ।

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए।

सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *