कञ्चनपुर, २५ बैशाख–कञ्चनपुरमा छिमेकीको सेप्टिक ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो ।

सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए । अचेत भेटिएका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो । त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *