विराटनगर, १२ भदौं–कोभिड-१९ (कोरोना भाइरस) का कारण शुक्रबार मोरङका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै महिला छन् ।

विराटनगर महानगरपालिका १० बस्‍ने ६५ वर्षीया महिलाको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिहान साढे ११ बजे मृत्यु भएको हो । उनी सिरहाको भए पनि विराटनगरमै बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बेलबारी नगरपालिका ५ बस्‍ने ५६ वर्षीय अर्की महिलाको बीपी प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको हो ।

भदौ ९ गते कोसी अस्पताल विराटनगरमा पीसीआर लिएकामा हिजो उनको रिपोर्ट पोजेटिभ आएको थियो । थप उपचारका लागि धरान रेफर गरिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कोभिडबाट मोरङमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । प्रदेश १ मा हालसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । जसमा ६ जना प्रदेशबाहिरका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *