झिलझिले, २५ बैशाख–शिवसताक्षी–७ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हिजो (सोमवार) १२ बजेको समयमा शिबसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरा करेन्ट लागेको थियो ।
राजवंशीको अन्दाजी १८ महिनाका छोरा घर नजिकै खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्था करेन्ट लागि घाइते भएका थिए ।
घाइते बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल विर्तामोड लगेर डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई सोमवार ५ः५५ बजेको समयमा सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
