oplus_1024

दमक, २५ बैशाख–दमकस्थित भट्टराई कुल वंश प्रतिष्ठान अन्तर्गतको छोरी–बुहारी सञ्जाल दमक नगर समितिले माता औंसीको अवसरमा रत्न ज्येष्ठ आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई सम्मानसहित सहयोग गरेको छ ।

दमक–४ मा रहेको रत्न जेष्ठ आश्रममा आश्रित जेष्ठ बुबा-आमालाई मिष्ठान्न भोजनसहित कपडा दिएर ९ जना जेष्ठ अभिभावकहरुलाई सम्मान गरिएको छोरी –बुहारी सञ्जाल दमक नगर सहसचिव कविता भट्टराईले बताईन् ।

सञ्जालकी नगर अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान केन्द्रिय उपाध्यक्ष कृतिका भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । जेष्ठ बुबा आमालाई सम्मान गर्दै प्रमुख अतिथि कृतिका भट्टराईले अग्रजहरुलाई सम्मान गर्नु सबैको कर्तब्य भएको उल्लेख गरिन् ।

कार्यक्रममा प्रतिष्ठानका झापा जिल्ला सदस्य तथा दमक नगर ईन्चार्ज महेश भट्टराई र उनकी धर्मपत्नी मञ्जु भट्टराईको बैबाहिक दिन आजै परेकाले भट्टराई दम्पत्तिले समेत आश्रममा रहेको अभिभावकलाई मिष्ठान्न भोजन उपलब्ध गराएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका नव निर्वाचित केन्द्रिय सदस्य बुद्धिशेखर भट्टराई, कोशी प्रदेश लेखा संयोजक लेखनाथ भट्टराई, झापा जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, दमक नगर अध्यक्ष बिबेक शर्मा भट्टराई लगायत छोरी बुहारी सञ्जाल दमक नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *