फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं, २६ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन्। उनले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए। नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको भन्दै उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए।

उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए। दूध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने भन्दै उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए।

‘नेपाल सम्पदाको धनी देश हो। धनी देश भएपनि जनता गरिब छन्, पछौटे अवस्थामा छन्। युवाहरू बेरोजगार छन्। विदेश पलायन भइरहेका छन्। देशमा रोजगारी छैन। यसको खोजि गर्न आवश्यक छ। नेपालको अर्थतन्त्र उँभो लगाउनुछ भने सबैभन्दा पहिला कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्छ। कृषिजन्य वस्तुहरू नेपालमा उत्पादन गर्नसक्ने यहीँ गर्ने, विदेशबाट आयात गर्ने कुराको अन्त्य गर्नुपर्छ। सकिन्छ भने निर्यात गरी देशको राजश्वमा योगदान गर्नुपर्छ।’ उनले भने, ‘दूध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्छ। कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्ने हो भने मात्रै देशको अर्थतन्त्र सबल बन्नेछ। नेपालको विकासको इन्जिन दुई वटा क्षेत्र हुन्। एउटा जलविद्युत र अर्को पर्यटन हो। अन्त्यमा गएर पर्यटन नै हुनेछ।’

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए। उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *