दमक, ,१२ भदौ–कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएकै दिन झापाको कमल गाउँपालिकामा थप ९ जना संक्रमित भेटिएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बाबुराम थुलुङ्का अनुसार ति सवै वडा नं ३ का हुन् ।

सोहि वडाका एक वृद्धमा पहिलो पटक समुदायमा स्तरमा कोरोना देखिएको थियो । मृगौला सम्वन्धि रोगका कारण थला परेका उनको उपचारकै क्रममा शुक्रबार बिहान विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

शुक्रबार कमलमा थपिएका संक्रमित मध्ये २ महिला र ७ पुरुष छन् । शुक्रबारनै थप ७७ जनाको स्वाव परीक्षणका लागि संकलन गरिएको जनाएकोछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *