ट्राफिक प्रहरी सहायक निरीक्षक रोहित थापा

बेल्टार, ९ जेठ–उदयपुरको बेल्टारस्थित ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) रोहित थापा कोशी प्रदेशकै पहिलो उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले प्रहरी सहायक निरीक्षक थापालाई २०८१ साल बैशाख महिनाको ट्राफिक पुलिस अफ द मन्थ घोषित गरेको हो ।
थापाले ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका क्षेत्रमा महत्वपूणर् योगदान गर्नुका साथै सडक आवागमनलाई सुव्यवस्थित बनाउनका कार्य गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार सरोकारवाला पक्ष र स्थानीय तहसंग समन्वय गरी आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमं सम्बन्धी सचेतना अभिबृद्धि गराउने, आवश्यक स्थानमा ट्राफिक संकेत बोर्ड, सडक रेखारपर्वाधारको निर्माण तथा व्यवस्थापन लगायत बिद्यार्थी सवारी चालक सह(चालकहरुलाई टाफिक नियम सम्बन्धी जनचेतनामुलक प्रशिक्षण गर्ने कार्य गरेको उल्लेख छ ।

सवारी नियम विपरित संचालन भएका सवारी साधनहरुलाई कडा निगरानी राखी कानूनी कारवाही गर्ने जस्ता कार्यहरुमा सक्रियता देखाई सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापकीय कार्यहरु गरी प्रशंसनीय कार्य गरेकोमा २०८१ को बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *