दमक, ११ जेठ–झापाका पुराना कवि अभागी थेगुवाद्धारा लिखित कविता संग्रह ‘सपनाहरुको बही’ दमकमा आज सार्वजनिक गरिएको छ ।

वरिष्ठ गजलकार केशव आचार्यको प्रमुख आतिथ्यतामा आयोजित भब्य समारोहबीच कवि थेगुवाको कविता संग्रह ‘सपनाहरुको बही’ सार्वजनिक गरिएको हो । सो संग्रह श्रष्टा पव्लिकेसन्स दमकले प्रकाशित गरेको हो । यसअघि कवि थेगुवाको कविता संग्रह ‘बुद्धले अस्त्र’ प्रकाशित भएर बजारमा आइसकेको छ ।

शुक्रबार, दमकस्थित गोर्खा डिपार्टमेन्टमा सम्पन्न भएको कविता संग्रह सार्वजनिक कार्यक्रमको अध्यक्षता पव्लिकेशन्सका अध्यक्ष एबम् कवि सुन्दर कुरुपले गर्नुभएको थियो ।

‘सपनाहरुको बही’ सार्वजनिकरण कार्यक्रममा वक्ताहरु कवि प्रकाश थाम्सुहाङ, कवि लीला अनमोल र कवि प्रकाश बुढाथोकीले कृतिको विषयमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’, प्रगतिशिल साहित्यकार पुष्य प्रसाद खरेल, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, गीतकार शिवशंकर थापा, साहित्यकार हेम अधिकारी, युद्धकवि नरेश काङबाङ राई, आख्यानकार कृष्ण बराल, सामाजिक व्याक्तित्व डाक्टर बालचन्द्र सुब्बा, गजलकार बिबश बलिभद्र कोइराला, कवि हेमन यात्री, विराट किराती, कवि साङगेन पन्धाक, सेलिङ केसी, दिलिप राई, कल्पना लावोती, कृष्ण उदासी, निहाङ किराती, एनवी दाहाल, गजलकार मनिराज निङलेखु लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

श्रष्टा पव्लिकेशन्सका कोषाध्यक्ष एबम् गजलकार याम थुलुङले संस्थागत परिचयसहित स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा ‘सपनाहरुको बही’ कविता संग्रहका बारेमा कवि थेगुवाले बोल्नुभएको थियो । सोही अवसरबीचमा कवि थेगुवाले संग्रहबाट एक थान कविता वाचन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *