दमक, १३ जेठ–झापाको कमल गाउँपालिकामा सञ्चालित दोश्रो अन्तरपालिकास्तरिय उपाध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता २०८१ को उपाधि भद्रपुरले जितेको छ । कमल ५ मंगलवारेस्थित सगुन युवा क्लवको खेल मैदानमा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा विजेता भद्रपुरले कन्काई नगरपालिका भलिवल टिमलाई २५–२१, १७–२५, २५–२१ र २५–११ अंकको अन्तरले उपाधि चुमेको हो ।

प्रतियोगिताका विजेता बनेको भद्रपुरले उपाधि संगै नगद १ लाख १ हजार, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरयो भने उपविजेता हुने कनकाईले नगद ५१ हजारसहित ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो ।

यसैगरि, विद्यागततर्फ बेस्ट ब्लकरमा भद्रपुरका अभिषेक कामत, बेस्ट सर्भरका रुपमा कनकाईका अनिस निरौला, बेस्ट डिफेन्समा भद्रपुरका राहुल राजबंशी, बेस्ट सटरमा भद्रपुरकै राहुल गुप्ता, बेस्ट स्पाईकरमा कनकाइका अमृत मल्ल ठकुरी र मेन अफ द सिरिजबाट भद्रपुरकै भरत यादव पुरस्कृत भएको प्रतियोगिताका खेल संयोजक सुदिप थुलुङले बताए ।

कमल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा गत जेठ १० देखि १२ गतेसम्म आयोजना भएको सो प्रतियोगितामा झापा र मोरङका १० वटा पालिकाले भाग लिएको थियो ।

खेलकुद विकास समितिका अध्यक्ष सन्तकुमार मगरको अध्यक्षता तथा पालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापनमा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोहि अवसरमा कमल र दमकका महिला भलिबल टिमबीच मेत्रीपूर्ण भलिवल खेलाइएको थियो । मैत्रीपूर्ण खेलमा कमलको टिम विजयी भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *