दमक, १३ जेठ–दमक–६ मा कार्यालय रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो १५औं स्थापना दिवसको समापन अवसरमा दमकस्थित कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ६५ जनाले रक्तदान गरेका थिए ।

दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३३ महिलासहित १ सय ६५ जनाले रक्तदानमा सहभागिता जनाएका थिए ।

जेठ ७ गतेबाट साता व्यापी विभिद कार्यक्रमहरुसहित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले १५औं स्थापना दिवस मनाउन सुरु गरिएको हो । सो सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष टीकाराज सापकोटाले सुर्य दर्शन साकोसको १५औं स्थापना दिवसलाई भब्य र सभ्य बनाउने योजना सफलताका साथ पुरा गरिएको बताउनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले स्थापना भएको १५औं बर्षसम्मका अनुभव, योगदान, सदस्यहरुको चाहाना, आवश्यता र दमकको सामाजिक सेवा र विकासमा सकारात्मक सहभागिताका लागि यसपटकको बार्षिकोत्सवलाई पृथक ढंङ्गले मनाइएको बताउनुभयो । भण्डारीका अनुसार अनुसार सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम अन्तर्गत योगशिविर, वृक्षरोपण, फूलको गमला वितरण, विद्यार्थीवीच हाजिरीजवाफ प्रतियोगिता, शैक्षिक सामाग्री हस्तान्तरण सम्पन्न गरिसकेको छ ।

त्यस्तैं, आजै संस्थाको कार्यालयमा सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई आधुनिक प्रविधिका विषयमा जानकारीमूलक प्रशिक्षक कार्यक्रम गरिएको संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले बताउनुभएको छ ।

कर्जा बिभाग प्रमुख नेपालले मोवाइल एप्समार्फत बैकिङ कारोवार गरिआएका सदस्यहरुलाई लक्षित गरि त्यससम्बन्धी एमबैकका सिईयो सन्जय महासेठ र संस्थापक सिइओ मोहन बमले आधुनिक प्रविधिमार्फत गरिदैआएको कारोवारका विषयमा जानकारी गराएका जानकारी दिनुभयो ।

सोहि अवसरमा संस्थाले फोनपे मार्फत उत्कृष्ठ कारोवार गर्ने दमकका २५ जना सदस्यलाई पुरस्कृत गरेको थियो । छ वर्ष अघि संस्थाका आफना शेयर सदस्यहरुलाई कारोवारलाई थप विश्वासिलो संगै प्रविधिमैत्री बनाउन क्यूआर (फोनपे) लगायतका सेवा पुरयाँउदैआएको छ ।

संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा संघका लेखा समितिका संयोजक चुडामणी ओझा, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *