हिक्मत कार्की

विराटनगर, १४ जेठ–कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ।

दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेश गरेका थिए। बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य उपस्थित थिएनन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *