दमक, १५ जेठ–दमक-६ भृकुटी चौकस्थित डेलिया मन्टेश्वरीमा आयोजना गरिएको एक महिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ । तालिममा दमकको डेलिया मन्टेश्वरी, दमक–५ को ग्रीनवेल्ट एजुकेशन र मोरङको उर्लाबारीस्थित बेथेल एकाडेमीका समेत गरेर एक दर्जन बढी शिक्षिकाहरुले सहभागिता जनाएका थिए ।
बेथेल एकाडेमी स्कुलका सस्थापक तथा शिक्षिका बबिता न्यौपानेको अध्यक्षतामा र दमकस्थित डेलिया मन्टेश्वरीकी अभिबाहक संघकी अध्यक्ष जमुना खरेलको प्रमुख आतिथ्यतामा तालिम समापन समारोह भएको थियो । तालिममा एक महिनासम्म सहभागित प्रशिक्षार्थीहरुले आ–आफ्नो अनुभव र सिकेको सिप र ज्ञानका कुराहरु आदान–प्रदान गरिएको थियो ।
त्यस्तैं, तालिममा सहभागिहरुलाई समापन समारोहमा प्रमाणपत्रसहित दिक्षान्त गरिएको थियो । उनीहरुलाई कार्यक्रमका अध्यक्ष बबिता न्यौपाने, प्रशिक्षक यमुना तिम्सिना र बेथेल एकाडेमीका संस्थापक प्रिन्सिपल तथा डेलिया मन्टेश्वरीका संस्थापक दिपक न्यौपानेले संयुक्त रुपमा प्रमाणपत्र र गाउन बितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा डेलिया मन्टेश्वरीका अभिबाहक तथा पत्रकार अनिलदेब राई, ग्रीनवेल्ट एजुकेशन बिद्यालयका प्रिन्सिपल पावल सुन्दास र कार्यक्रमकी प्रमुख अतिथि जमुना खरेलले मन्तव्य राख्नुभएको थियो । सो क्रममा सहभागि बक्ताहरुले मन्टेश्वरीमा पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि उपनाउन आग्रह गरेका थिए । उनीहरुले आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी मन्टेश्वरीमा विद्यार्थीहरुलाई पठनपाठन गराउन सुझाव राखेका थिए ।
सो कार्यक्रममा पत्रकार बिष्णु पौडेल लगायत अभिबाहकहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन दिपक न्यौपानेले गर्नुभएको थियो ।
