काठमाडौँ, १८ जेठ–नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा जेठ १९ गतेदेखि देखि २४ गतेसम्म नेशनल चेस च्याम्पियनसिप हुने भएको छ।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारे आयोजकले जानकारी दिएको हो। काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपअन्तर्गत २४औँ खुल्ला एवं ९औँ महिला राष्ट्रिय च्याम्पियनसीप सञ्चालन गरिने बताइएको छ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपको दुवै विधामा १२र१२ जना खेलाडीले सहभागिता जनाउने छन्। नेशनल बी च्याम्पियनसिपबाट छनोट भएका पुरुष र महिला ९र९ जना तथा २३औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेताहरु सहभागी हुने बताइएको छ।

राष्ट्रिय प्रतियोगितामा २३औँ नेशनल च्याम्पियनसिपका विजेता रुपेश जैशवाल, उपविजेता क्षितिज भण्डारी र सुरवीर लामा हुन् भने आठौँ नेशनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी, उपविजेता सुशीला गुरुङ र तृतीय शान्ति धिमालले प्रतिष्पर्धा गर्नेछन्।

साथै हालै भक्तपुरमा सम्पन्न नेशनल बी बाट छनोट भएका खेलाडीहरु पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजिव कार्की र श्रुसुरत दाहालले प्रतिष्पर्धा गर्ने आयोजकले बताएको छ।

नेशनल बी बाट छनोट भएका कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापती, पूनम प्रसार्इं, श्रेया दुवाल र सविना गुजले खेल्नेछन्।

सुरवीर लामा थाइल्याण्ड र सुजना लोहनी अष्ट्रेलियामा रहेको कारण वैकल्पिक खेलाडी खुल्लामा सुशील चौधरी र महिलातर्फ प्रसन्न किवनायोले उनीहरुको स्थानमा खेल्ने पनि आयोजकले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *