काठमाडौं, २१ जेठ–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार दिउँसो बस्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन्। बैठकले मधेश प्रदेशमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा समेत निर्णय लिनेछ।

मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ। त्यसैले केन्द्रका गठबन्धन दल एमाले(माओवादीले ले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्।

एकीकृत समाजवादीले त्यहाँ नयाँ सरकार गठन हुँदा सम्मानजनक स्थान पाउनुपर्ने माग राखेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *